शिक्षक हुन अब कम्तीमा स्नातक पास, माध्यमिक तह अध्यापनका लागि स्नातकोत्तर अनिवार्य



काठमाडौं । अब शिक्षक बन्न कम्तीमा स्नातक पास गरेको हुनुपर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षकको न्यूनतम् योग्यता स्नातक तोकिएको हो ।

कक्षा १ देखि ५ सम्म अध्यापन गराउन जुनसुकै विषयमा स्नातक तह तथा ६ देखि ८ सम्मका लागि सम्बन्धित विषयमा स्नातक तह पास गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै माध्यमिक तह अध्यापनका लागि सम्बन्धित विषयमा स्नातकोत्तर गरेको तथा अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने प्रस्ताव विधेयकमा छ । विधेयकको योग्यतासम्बन्धी व्यवस्थामा शिक्षक पदका लागि नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ ।


रवि धिताल