रोयल एनफिल्डको हन्टर ३५० सार्वजनिक, मूल्य कति ?



काठमाडौं । रोयल एनफिल्ड ब्राण्डको हन्टर ३५० बाइक नेपाली बजारमा सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित नाडा अटो शोमार्फत उक्त बाइक सार्वजनिक गरिएको हो ।

रोयल एनफिल्ड बाइकहरुमध्येमा आकर्षक रहेको हन्टर ३५० मा ३५० सिसिको इन्जिन छ । सहरी परिवेश र ग्रामीण सडकमा पनि सहजताका साथ गुड्न सक्ने गरी यसमा फिल्कएवल च्यासिस जडान गरिएको छ ।

सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको यो बाइक गत वर्ष सार्वजनिक भएको यो सेगमेन्टकै चर्चित बाइक हो । एक वर्षभन्दा कम समयमा नै यो बाइक २ लाखभन्दा धेरै बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

रोयल एनफिल्डका प्रमुख कर्मिसियल अफिसर यादभिन्दरसिंह गुलेरियाले हन्टर ३५० नेपालमा सार्वजनिक हुनुले रोयल एनफिल्डका लागि नयाँ ग्राहक ल्याउने र बजार विस्तार हुने आशा रहेको बताए । सँगै उनले यो बाइक कुदाउनका लागि सहज र मजेदार रहेको पनि बताए ।

सन् २०२३ को जुनबाट रोयल एनफिल्डले नेपालमा पनि आफ्नो सिकेडी कारखाना सुरु गरेको छ । वीरगन्जमा रहेको यो कारखाना विश्वभरमै रोयल एनफिल्डको पाचौँ कारखाना हो । यहाँबाट वार्षिक २० हजार बाइक एसेम्बल हुने बताइएको छ । हाल यहाँ क्लासिक ३५०, हन्टर २५० र स्क्रयाम ४११ एसेम्बल गरिन्छ ।

हाल नेपाली बजारका लागि सार्वजनिक भएको हन्टर दुई भेरियन्ट आठ रंग संयोजनामा उपलब्ध छ । यसको सुरुवाती मूल्य ४ लाख ५९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु