आईफोन १५ र आईफोन १५ प्रो सार्वजनिक, क्यामेरामा ठूलो परिवर्तन, मूल्य कति ?



काठमाडौं । एप्पलले मंगलबार आफ्नो वन्डरलस्ट कार्यक्रमका बीच आईफोन १५ र आईफोन १५ प्रो सिरिज सार्वजनिक गरेको छ । मंगलबार क्यालिफोर्नियामा भएको कार्यक्रममा कम्पनीले आईफोन १५ सिरिजसँगै एप्पल वाच सिरिज ९ र वाच अल्ट्रा २ पनि सार्वजनिक गरेको हो ।

एप्पलका आईफोनहरुमा मुख्य परिवर्तन चार्जिङ पोर्टमा गरिएको छ । अब आईफोनमा टाइप सी पोर्टमार्फत चार्ज गर्न मिल्नेछ । यसअघि आईफोनका लागि लाइटनिङ पोर्ट दिइएको थियो ।

आईफोन १५ र १५ प्रोको सिरिजमा क्यामेरामा पनि ठूलो परिवर्तन गरिएको छ । यसमा ४८ मेगापिक्सलको क्यामेरा छ । यसअघिका आईफोनमा १२ मेगापिक्सलको म्यामेरा थियो ।

आईफोन १५ र आईफोन १५ प्लसमा ए १६ बायोनिक चिप रहेका छन् । त्यस्तै, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा ए१७ प्रो चिप राखिएको छ । प्रो मोडलका सिरिजको आईफोनको आवरणमा पनि टाइटेनियमको प्रयोग गरिएको छ ।

मंगलबार सार्वजनिक भएको आईफोन १५ सेप्टेम्बरबाट प्रि अर्डर गर्न सकिनेछ र २२ सेप्टेम्बरबाट यसलाई डेलिभर गरिने एप्पले जनाएको छ ।

आईफोन १५ को मूल्य ७९९ अमेरिकी डलर र आईफोन १५ प्लसको मूल्य ८९९ अमेरिकी डलर छ । त्यस्तै, आईफोन १५ प्रोको मूल्य ९९९ अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ भने आईफोन १५ प्रो म्याक्सको मूल्य १ हजार १९९ अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु