खरिद बिल नराख्ने २ व्यापारीलाई २० हजार जरिवाना



काठमाडौं । खरिद बिल नराखेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार दुई व्यापारीबाट २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार काठमाडौंस्थित एक तरकारी पसलबाट ५ हजार र बाफलस्थित खाद्य व्यापारीबाट १५ हजार रुपैयाँ गरि २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

अनुगमनका क्रममा अधिकांश व्यापारीले खरिद बिलविजक नराखेको फेला परेको थियो । मंगलबार विभागले खाद्य पदार्थ, रेडिमेड कपडा, तरकारी, कस्मेटिक, निर्माण सामग्री, भांडाकुडा, होटेल तथा रेष्टुंरा गरी २५ वटा प्रतिष्ठानमा अनुगमन गरेको थियो ।


क्लिकमान्डु