अटो मेलामा १४ लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्मका गाडी, कुनको मूल्य कति ?



काठमाडौं । राजधानीको भृकृटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२३ मा विभिन्न कम्पनीका १४ लाख देखि २ करोड ४० लाख रुपैयाँ मूल्य पर्ने गाडी रहेका छन् ।

अटो शोमा जाने उपभोक्ताले आफ्नो चाहना र आर्थिक क्षमता अनुसारका विभिन्न मूल्यका गाडी रोजी रोजी पाउने छन् । दर्जन बढी कम्पनीका गाडी त्यसमा पनि विद्युतीय समेत रहेका छन् । अहिले धेरै उपभोक्ताको चाहना विद्युतीय गाडी पनि देखिन थालेको छ । गाडी व्यापारीले पनि सोही अनुसारका गाडी अटो शो मा राखेका छन् । सस्तो मूल्यको विद्युतीय गाडी चढ्न चाहनेका लागि पनि विकल्प रहेको छ भने गाडी चढ्नै परेपछि करोडभन्दा कम मूल्य पर्ने गाडी के चढ्नु भन्नेहरुका लागि पनि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने गाडी रहेका छन्।

अटो शोमा सबैभन्दा सस्तो मूल्यको सेरेस कम्पनीको १३ लाख ९९ हजार रुपैयाँ पर्नेदेखि फोर्ड कम्पनीको २ करोड ४० लाख पर्ने नेक्स्ट जेन फोर्ड एभरेष्ट समेत रहेको छ ।

कुन गाडीको मूल्य कति ?

सुजुकीको १३ वटा मोडल रहेका छन् । जसको मूल्य २४ लाख ४९ हजार देखि ८० लाख २९ हजार रुपैयाँ समेत रहेको छ । अल्टो के १० एसटिडीको मूल्य २४ लाख ४९ हजार रुपैयाँ रहेको छ भने ग्रान्ड भिटारा एडब्लूडी डिवेलको मूल्य ८० लाख २९ हजार रुपैयाँ रहेको छ ।

अग्नी इन्कर्पोरेटेडले विभिन्न ४ मोडलका ४२ लाख ९५ देखि १ करोड २४ लाख रुपैयाँसम्मका गाडी रहेका छन् । महिन्द्र एसयूभी ३०० को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ भने महिन्द्रा स्कार्पिओ एन डिजेलको मूल्य १ करोड २४ लाख रहेको छ ।

फोटोन विद्युतीय गाडीको मूल्य नाडा अटो शोभरीका लागि ५४ लाख ९९ हजार २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । अटो शोमा म्याक्सस टी ६० र टी ७० रहेका छन् र यसको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अटो शोमा कियाको ५ मोडलमा गाडी रहेका छन् । जसको मूल्य ३९ लाख ९० हजार रुपैयाँ देखि १ करोड ८९ लाख ९० हजार रुपैयाँसम्म रहेको छ । किया सोनेट एचटीई पेट्रोलको मूल्य ३९ लाख ९० हजार रुपैयाँ रहेको छ भने सोरेन्टो हाईब्रिडको मूल्य १ करोड ८९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शोमा एमजी कम्पनीका ६ वटा मोडलका गाडी रहेका छन् । जसको मूल्य ४९ लाख ४९ हजारदेखि ८६ लाखसम्म रहेको छ । एमजी अस्टर सुपरको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ भने एमजी एचएसको मूल्य ८६ लाख रहेको छ । यी गाडी पेट्रोलबाट चल्ने हुन् । एमजीले विद्युतीय गाडी पनि तीन वटा मोडलका राखेको छ । जसमा एमजी फोर को मूल्य ५८ लाख ९९ हजार, एमजी कमिट प्लेको मूल्य २० लाख ९९ हजार र एमजी कमिट पिसको मूल्य १७ लाख ९९ हजार तथा एमजी जेडएस इभीको मूल्य ७१ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ ।

अटो शोमा फोर्डले ५ वटा मोडलमा गाडी ल्याएको छ । जसको मूल्य १ करोड १ लाख देखि २ करोड ४० लाखसम्मका गाडी रहेका छन् । रेन्जर एक्सएलको मूल्य १ करोड १ लाख र एक्सएलटीको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेक्स्ट जेन फोर्ड एभरेष्टको मूल्य २ करोड ४० लाख रहेको छ । फोर्ड एभरेष्टको मूल्य २ करोड १७ लाख, नेक्स्ट जेन फोर्ड रेञ्ज एक्स एलको १ करोड १० लाख ९० हजार, एक्स एल टीको १ करोड २४ लाख ९० हजार र वटर्याकको मूल्य १ करोड ५२ लाख ९० हजार रुपैयाँ रहेको छ । यस्तै नेक्स्ट जेनेरेशन रेन्जर र्याप्टरको मूल्य २ करोड २१ लाख रुपैयाँ रहेको छ ।

सिट्रोनले नाडा अटो शोमा ३ वटा गाडी राखेको छ । जसमा सिट्रोन सी फाइभ एयरक्रसको मूल्य १ करोड ३५ लाख, सिट्रोन सी थ्री ३६ लाख ४९ हजार, सिट्रोन ई सी थ्री को ३४ लाख ९९ हजार र लाइभको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सिजी मोटर्सका विभिन्न मोडलमा विद्युतीय गाडी रहेको छन् । जसमा १४ सिटको मूल्य ५६ लाख ५० हजार रुपैयाँ र १९ सिट क्षमताको गाडीको मूल्य ८३ लाख ५० हजार रुपैयाा रहेको छ । यस्तै नेटाको मूल्य ३८ लाख ९९ हजार, सिजी केवाईसीको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शो मा बुलिङ मोटर्सले विद्युतीय गाडी ल्याएको छ । जसमा मूल्य २०० किलो मिटर रेञ्जको २० लाख ९९ हजार र ३०० किलो मिटर रेञ्जको २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अटो शोमा फोर्स मोटर्सले ८२ लाख ९९ हजार रुपैयाँको गाडी ल्याएको छ । जेएसी मोटर्सले ५० लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने जेएसी टी एट मोडल गाडी ल्याएको छ ।

नाडा अटो शो मा (ग्रेटवाल मोटर्स) जीडब्लूएमले विद्युतीय गाडी सहित ५ मोडलका गाडी ल्याएको छ । जसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँदेखि १ करोड १६ लाख रुपैयाँसम्मका रहेका छन् । जीडब्लूएम ओआरए जिरोथ्री ईभीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ रहेको छ भने थर्ड जेनेरेशन हभाल एच सिक्स एटी एडब्लूडीको मूल्य १ करोड १६ लाख ९५ हजार रुपैयाँ रहेको छ । नाडा अटो शो मा निसान कम्पनीले तीन मोडलका विभिन्न मूल्यका गाडी ल्याएको छ । ३३ लाख ४९ हजार देखि १ करोड ४१ लाख ९९ हजार रुपैयाँसम्मका गाडी रहेका छन् ।

निसान म्याग्नाइट एक्स ईको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निसान प्रिमियम एक्स ट्रेल को मूल्य १ करोड ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अटो शोमा बीवाईडीका ३९ लाख ८० हजार रुपैयाँदेखि ८१ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । ७० किलोवाट क्षमताको बीवाईडी डल्फिन को मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । यस्तै १५० किलोवाट क्षमताको बीवाईडी एटीटीओ थ्री पफर्मेन्सको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ । बीवाईडीले ५ वटा मोडलका गाडी रहेको छ ।

नाडा अटो शो मा सबैभन्दा सस्तो मूल्यको सेरेस कम्पनीको गाडी रहेको छ । कम्पनीले १३ लाख ९९ हजारदेखि ४९ लाख ९९ हजार रुपैयाँसम्मका गाडी ल्याएको छ । सबैगाडी विद्युतीय रहेका छन् । १८० किलो मिटर रेञ्ज र बेस्ट अप्सन भएको मिनि इभीको मूल्य १३ लाख ९९ हजार, १८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार र २२० किलो मिटर फूल अप्नको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सेरेसा थ्रीको मूल्य कम्फर्टमा ४७ लाख ९९ हजार र प्रिमियममा ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

अटो शो मा डुन्डाइका विभिन्न १० मोडलका गाडी रहेका छन् । जसको मूल्य ३० लाख ५६ हजारदेखि २ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको छ । ग्रान्ड आई टेन इराको मूल्य ३० लाख ५६ हजार रुपैयाँ रहेको छ भने प्यालिसेडको मूल्य २ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको छ । अटो शो यही भदौ ३१ गतेसम्म चल्नेछ ।

(तस्बिर: रवि धिताल)


क्लिकमान्डु