नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

नेम्वाङको मंगलबार हृदयघातबाट निधन भएको थियो।

निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।


क्लिकमान्डु