परराष्ट्रमन्त्री साउद न्युयोर्क प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगले सेप्टेम्बर १४ तारिखमा न्युयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल हाल संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।


रवि धिताल