भक्तपुरको कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर सोरुम



काठमाडौं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ ।

एमएडब्लू ग्रुप अफ कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, सञ्चारकर्मी सुरजसिंह ठकुरी र अभिनेतृ प्रियंका कार्कीले सोमबार सोरुम उद्घाटन गरेका छन् ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’लाई अबलम्बन गरी कौशलटारमा सोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले यामाहाको ‘ग्लोबल मोटर स्पोर्ट लिगेसी’लाई आत्मसात् गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘ब्लु स्क्वायर’ सोरुमलाई लिइएको उल्लेख गरेको छ ।

स्थापना कालदेखि नै ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु स्क्वायर’को उत्कृष्ट प्रविधि र पूर्वाधारले यामाहा ब्रान्डप्रति ग्राहकको भरोसा थप बढ्ने कम्पनीको ठहर छ ।


रवि धिताल