सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।

सोमबार भएको सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ ।


रवि धिताल