सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो सो का लागि अझै विशेष छुट



काठमाडौं । दसैंतिहारभरका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नाडा अटो सो लाई लक्षित गरी थप योजना सार्वजनिक गरेको छ ।

कम्पनीले नाडा अटो सो लाई लक्षित गरी कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने जनाएको हो । यसअघि कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सुविधा ल्याएको थियो ।

योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडलका कारबमोजिम फरक-फरक हिसाबका छुट लागू हुनेछन् ।

नाडा अटो सो मा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।


रवि धिताल