गरिमा विकास बैंकको गीतमा टिकटक बनाउने १ जनालाई ३० हजार पुरस्कार



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।

करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युट्युव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।

साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ ।

यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई ३० हजार द्वितीयलाई २० हजार , तृतियलाई १० हनार‍ रुपैयाँ र बाँकि ७ वटा भिडियोलाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार राशि प्रदान गरिने बैंकले जनाएको छ ।

हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बंैकिङ् (गरिमा डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु