सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर छुट्याएको छ ।

आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


रवि धिताल