काठमाडौं महानगरले किन्यो ३ करोडका विद्युतीय गाडी



काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ करोड रुपैयाँका विद्युतीय सवारी साधन खरिद गरेको छ । महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि ८ वटा विद्युतीय गाडी खरिद गरेको हो ।

महानगरले टाटाको नेक्सन ईभी किनेको हो । एउटा गाडीलाई करिब ३८ लाख रुपैयाँ तिरेको जनाइएको छ । महानगरका कर्मचारी र विषयगत समितिहरुले प्रयोग गर्ने गरी गाडी किनिएको हो ।

महानगरमा जनप्रतिनिधिहरु संलग्न रहेको १४ वटा विषयगत समिति छन् । यस्ता समितिले विभिन्न कामका सिलसिलामा नयाँ गाडी प्रयोग गर्नेछन् ।


रवि धिताल