ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति ?



काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

अदालतले गुरूङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरी उनलाई रिहा गर्ने आदेश दिएको हो । गुरुङलाई असार १२ गते सीआईबीले पक्राउ गरेको थियो ।

जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ । धरौटी रकम बेग्लाबेग्लै छ । तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन् । तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको छ ।

कसलाई कति ?

मीनबहादुर गुरुङ – २ करोड ४६ लाख

कलाधर देउजा – १५ लाख

विनोदप्रसाद पौडेल – १५ लाख

रुद्रकुमार श्रेष्ठ – ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ – ७ लाख ५० हजार

गोपल कार्की – ७ लाख ५० हजार

धमनकुमार कार्की – ७ लाख ५० हजार

योगराज पौडेल – ७ लाख ५० हजार

नारायणराज मिश्र – ७ लाख ५० हजार

अरुणकुमार श्रेष्ठ – ७ लाख ५० हजार

लोकहरि घिमिरे – ७ लाख ५० हजार

शिवजी भट्टराई – ३ लाख ३० हजार

ध्रुवप्रसाद अर्याल – ३ लाख ३० हजार

बाबुराजा महर्जन – १ लाख १० हजार

देवनारायण – १ लाख १० हजार

सकलानन्द – १ लाख १० हजार

सञ्जय महर्जन – १ लाख १० हजार

केशव तुलाधर – साधारण तारेख


रवि धिताल