ललिता निवास प्रकरण: मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न अदालतकाे आदेश



काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । गुरुलाई असार १२ गते सीआईवीले पक्राउ गरेको थियो ।

अदालतले गुरूङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरी उनलाई रिहा गर्ने आदेश दिएको हो ।

जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ । धरौटी रकम बेग्लाबेग्लै छ । तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन् । तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको छ ।

यसअघि २०७७ माघमा पनि अदालते गुरुङलाई २ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो।


रवि धिताल