सेयर बजारमा दोहोरो अंकको सुधार, १५२ कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.२३ अंकले बढेर परिसूचक १९४२.६८ बिन्दुमा रोकिएको छ ।

कारोबारमा निकै उतार चढाबका बिच बजारमा दोहोरो अंकको सुधार देखिएको हो । २६७ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ८.०३, विकास बैंक २२.८७, वित्त १६.३७, होटल ६७.९०, जीवन बिमा ३७.५१, उत्पादन तथा प्रशोधन ८.७८, माइक्रोफाइनान्स २८.८६, निर्जीबन बीमा समूहको उपसूचक ८९ अंकले बढेको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक २.८५ अंकले घटेको छ ।

कारोबारमा सुर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै शुभम पावर, न्यादी हाईड्रोपावर, थ्री स्टार हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै हिमाल दोलखा हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, कुमारी इक्विटी फण्डका लगानीकर्ताले गुमाएका छन् । कारोबारमा १५२ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ६६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


रवि धिताल