माग अनुसार आवेदन नपरेपछि सिनर्जी पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपियो



काठमाडौंं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समय थपिएको छ ।

कम्पनिले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने समय आजसम्म रहेको थियो । माग अनुसार आवेदन नपरेपछी आवेदन दिने समय भदौ ३१ गतेसम्म थपिएको हो । आवेदन दिन चाहने आवेदकले भदौ ३१ गते कार्यालय समयभित्र आवेदन दिएसक्नु पर्ने छ ।

कम्पनीले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनिले चुक्ता पुँजीको ५० प्रतिशत (२ः१ अनुपात) मा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयर निष्कासन गर्न साउन १२ गते बुक क्लोज गरेको छ ।

साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा सानिमा बैंकका विभिन्न शाखा कार्यालदय, सानिमा क्यापिटल, सिप्रिङ खोला जलविद्युत आयोजना, धितोपत्र बोर्डबाट आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


रवि धिताल