प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको माण्डु हाइड्रोपावरको सेयर आज बाँडफाँट हुँदै



काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको साधारण सेयर आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट हुने बताइएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ । आईपीओमा ९ लाख ८० हजार ५५ जना आवेदकले १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । आईपीओमा आवेदन दिएका मध्ये १ लाख २० हजार ५३२ जनाले सेयर हात पार्नेछन् । बाँकी ८ लाख ५९ हजार ५२३ जनाको हात खाली हुनेछ ।

कम्पनीले भदौ १० देखि १३ गतेसम्म अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा २८ हजार ८५३ कित्ता सेयर कम्पनी कर्मचारी, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्तामा सर्वसाधारणका लागि छुट्याएको थियो ।


रवि धिताल