मोरक्को भूकम्प: मृतकको संख्या २ हजार नाघ्यो



काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्पमा परि २ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

मध्य मोरक्कोस्थित देशको चौथो सबैभन्दा ठूलो शहर मराकेशमा ६.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि देशको कयौं शहरमा मानिस सडकमा निस्किएका थिए ।

मोरक्कोको आन्तरिक मन्त्रालयले १४ सय मानिस गम्भीर घाइते भएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार घाइतेमध्ये कयौंको अवस्था गम्भीर रहेको छ । रिपोर्टहरुका अनुसार दक्षिणी मराकशमा मृतकको संख्या धेरै रहेको छ ।

यो भूकम्प शुक्रबार राति स्थानीय समयानुसार ११ बजेर ११ मिनटमा आएको थियो । भूकम्पको केन्द्र मराकेशबाट करीब ७१ किलोमिटर दक्षिण-पश्चिममा अग्लो पहाडमा जमिनबाट १८.५ किलोमिटर तल थियो । भूकम्पको १९ मिनटपछि ४.९ रेक्टरको अर्को एक झट्का आएको थियो ।


क्लिकमान्डु