प्रभु बैंकले १४ लाख १६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । प्रभु बैंकले विभिन्न संस्थापकको नाममा भएको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । उक्त अवधिमा संस्थापक सेयरधनीले प्रयाप्त आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहनेले बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।


रवि धिताल