नाडा अटो सो मा फोर्स अरबानिया लञ्चको तयारी, मूल्य कति ?



काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो सो फोर्स कम्पनीको अरबानिया माइक्रो बसको लन्च गर्ने भएको छ ।

नेपालमा आयातीत माइक्रोबसहरुमध्ये सबैभन्दा प्रिमियम सुविधायुक्त र आरामदायी रहेको कम्पनीले जनाएको छ । विषेशत: पर्यटन तथा होटल व्यवसायी, टुर्स एन्ड ट्राभल्स, ठुला कम्पनीहरु, कूटनीतिक निकायहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागि यो माइक्रोबस उपयुक्त हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको यो माइक्रोबसमा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको जनाइएको छ ।

अरबानिया सुरक्षाका दृष्टिले सम्पूर्ण रेटिङहरुमा अब्बल मानिएको छ । ड्युल एअर ब्यागयुक्त यो गाडीमा एरोडाइनामिक क्रयास एन्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डीआरएल हेड ल्याम्प, न्यु ट्रान्सफर लिफ, ट्रिपल एसी सिस्टम, अलराउन्ड भिजिबिलिटी स्क्रिनलगायत सुविधा छ ।

स्लाइडिङ डोरसहितका तीनवटा ढोका रहेको यो बस १४ र १८ सिट क्षमतामा उपलब्ध छ । बसको सुरुवाती मूल्य ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै, नाडा अटो सो मा बुकिङ गर्नेहरुका लागि आकर्षक छुट सुविधा रहेको कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमुख स्थानमा डिलर तथा सर्भिस सेन्टर छन् ।


रवि धिताल