सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर



काठमाडौं । मीड सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ भदौ २८ गतेदेखि निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ७४ हजार ८४० कित्ता, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर छुट्याईसकेको छ ।

आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अुनसार आवेदन नपरेको खण्डमा असोज ११ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।


रवि धिताल