आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ८४ पैसा बिक्री दर १३३ रूपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा बिक्री दर १६६ रूपैयाँ ३६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा बिक्री दर ३६ रूपैयाँ ६० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।


क्लिकमान्डु