साउदी अरेबियाको दमाममा निगमको नियमित उडाउन सुरु



काठमाडौं । नेपाल वायुसेवा निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ ।

उडान तालिका अनुसार काठमाडौंबाट राति १०ः४० मा उडान भरेको पहिलो उडानमा १२६ जना यात्रु रहेका थिए भने फर्कदा ११७ जना यात्रु रहेको निगमले जनाएको छ ।

काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने जनाइएको छ । बजारको माग तथा निगमको बजार व्यबस्थापन अनुसार अडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

यात्रुले निगमको वेबसाइट र ट्राभल एजेन्सीबाट टिकट दलिन सकिने जनाएको छ ।


रवि धिताल