हाइड्रोपावर कम्पनी पनि मर्जरमा जान थाले



काठमाडौं । हाइड्रोपावर कम्पनी पनि मर्जरमा जान थालेका छन् । म्याग्दी हाइड्रोपावर कम्पनीले नागरिक ऊर्जा बुटवल लिमिटेडलाई प्राप्ति गर्ने भएको हो ।

म्यादी हाइड्रोपावर कम्पनीले असोज १२ का लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा नागरिक ऊर्जा बुटवल कम्पनीलाई मर्ज गर्ने प्रस्ताव लैजाने भएको छ ।

म्यादी हाइड्रोले नागरिकलाई १:१ अनुपात (म्यादीको १ कित्ता सेयरबराबर नागरिक ऊर्जा बुटवल लिमिटेडको १ कित्ता सेयर स्वाप रेसियो) मा मर्ज गर्न लागेको छ ।

कम्पनी रजिस्टर्डको कार्यालय बालुवाटार काठमाडौंमा सभा बस्नेछ । सभाले प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।

यस्तै सभामा आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन, चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलगायतका विषय पेस हुनेछन् ।


रवि धिताल