कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण, उपचारका लागि वीर अस्पताल लगियो



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिँदै गर्दा यादवमाथि सांघातिक आक्रमण भएको हो ।

यादवमाथि धारिलो हतियारबाट आक्रमण भएको र उनको टाउकोमा चोट लागेको छ । आफूलाई अभियान्ता बताउने नुवाकोटस्थित बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटालाई यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

घाइते यादवलाई यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु