सवारी साधनमा सहुलियतपूर्ण कर्जाका लागि ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्सबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालि (जीडब्लूएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार बैंकले भीजी इम्पेक्स प्रालि तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्रान्डका एसयूभी, पावर ब्रान्डका पिकअप तथा ओआरए ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न सक्नेछन् ।

ती सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात ३ कार्यदिनभित्र बैंकले नियमानुसार उचित ठहर्‍याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भीजीका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजना ल्याएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु