ट्रेजरी बिलको ब्याजदर ६.५८%सम्म पुग्यो, २८ दिने बिलमा दिइयो ६.२२ प्रतिशत ब्याज



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । बोलकबोल प्रक्रियाबाट ५.५० प्रतिशतदेखि ६.५८ प्रतिशत ब्याजदरमा टे्रजरी बिल बिक्री गर्दै राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाएको हो ।

राष्ट्र बैंकले २८ दिनको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल ५‍‍.५० प्रतिशतदेखि ६.२२ प्रतिशत ब्याजदर , ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँँको ट्रेजरी बिल ५.८९ प्रतिशतदेखि ६.२३ प्रतिशत ब्याजदर, १८२ दिनको ७ अर्ब रुपैयाँँको ट्रेजरी बिल ६.१३ प्रतिशतदेखि ६.५८ प्रतिशत ब्याजदर र ३६४ दिनको २ अर्ब रुपैयाँँको ट्रेजरी बिल ६.१९ प्रतिशतदेखि ६.४९ प्रतिशत ब्याजदरमा बिक्री गरेको हो ।

औषतमा राष्ट्र बैंकले २८ दिनको ट्रेजरी बिलमा ६.१२ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलमा ६.१६ प्रतिशत, १८२ दिनको ट्रेजरी बिलमा ६‍.४ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलमा ६.४३ प्रतिशत ब्याजदर तिरेको हो ।

सोमबार राष्ट्र बैंकले भदौ ५ र १२ गतेभन्दा महँगो ब्याजदरमा ट्रेजरी बिल बिक्री गरेको हो । बजारमा तरलता सहज भएपनि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको छैन ।

पछिल्लो समय अन्तर बैंक ब्याजदर ६.३५ प्रतिशतमाथि रहेकाले ट्रेजरी बिलको ब्याजदरमा वृद्धि भएको हो । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाइसकेको छ ।

सरकारलाई छोटो अवधीका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री जारी गर्ने गरेको छ । राष्ट्र बैंकले कम ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्छ ।

गत असारमा ९१ दिने ट्रेजरी बिलको औषत ब्याजदर ६.३५ प्रतिशत थियो । असारको तुलनामा सोमबार महँगो ब्याजदरमा ट्रेजरी बिल बिक्री भएको हो ।

राष्ट्र बैंकले भदौ ११ गते ९१ दिने ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल ४.७३ देखि ६.१४ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो। औषतमा ९१ दिनको ट्रेजरी बिलको ब्याजदर ५.८१ प्रतिशत परेको थियो ।

यस्तै, ३६४ दिनको ट्रेजरी बिल ६.१४ देखि ६.४७ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । ओषतमा ६.४३ प्रतिशत ब्याजदर दिँदै राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

साउन २ गते ९१ दिनको ट्रेजरी बिल औषतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । राष्ट्र बैंकले साउन ९ गते ९१ दिनको ट्रेजरी बिल ५.७८ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।

साउन २३ गते ९१ दिनको ट्रेजरी बिल ६.१६ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । सोही दिन ३६४ दिनको ट्रेजरी बिल ६.३७ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो ।

साउन ३० गते ९१ दिनको ट्रेजरी बिल ६.४४ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।


क्लिकमान्डु