वर्षा रोकियो, नेपाल-भारत खेल सुरु
काठमाडौं । एसिया कपअन्तर्गत नेपाल र भारतबीच वर्षाका कारण अवरुद्ध भएको खेल सुरू भएको छ । खेल अवरुद्ध हुनुअघि नेपाल ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रनमा खेलिरहेको थियो ।
नेपालका लागि ओपरन आसिफ शेखले सर्वाधिक ५८ रन बनाएका छन् । उनले ९७ बलको सामना गर्दै ८ चौका प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए । उनले ३ चौका र २ छक्काको मद्दतमा उक्त स्कोर तयार गरेका हुन् ।
भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्लको प्रदर्शन भने निराशाजनक रह्यो । सार्की ७, पौडेल ५ तथा मल्ल २ रनमा पेभेलियन फर्किए ।
गुल्सन झाले ३५ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए । दिपन्द्रसिंह ऐेरी २७ तथा सोमपाल कामी ११ रनमा खेलिरहँदा पानी परेको थियो ।
नेपालको ब्याटिङ लाइन धराशयी बनाउने क्रममा रविन्द्र जडेजाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । सार्दुल ठाकुरले १ विकेट लिएका छन् ।