भारतको त्रौमसिक कुल गार्हस्थ्य उत्पादनमा ७.८ प्रतिशतको वृद्धि



एजेन्सी । उच्च मूल्यवृद्धिले घरायसी बजेटमा पर्ने असरबारे सरकारको डरका बाबजुद भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पछिल्लो त्रैमासमा ७.८ प्रतिशतले बढेको छ ।

दक्षिण एसियाली राष्ट्र भारत गत वर्ष बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो भने जनसङ्ख्याका हिसाबले हालै चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । कोभिड–१९ को महामारीपछि भारतको जीडीपी वृद्धिदर ७.२ प्रतिशतले वृद्धि भएको छ र विश्वका ठूला अर्थतन्त्रमध्ये सबैभन्दा माथि रहेको छ ।

बिहीबार सार्वजनिक तथ्यांक गत आर्थिक वर्षको चारवटा त्रैमासिकमध्ये सबैभन्दा उच्च हो । सरकारी तथ्यांकले वित्तीय, रियल इस्टेट र व्यावसायिक सेवा क्षेत्रको लागि १२.२ प्रतिशतको वार्षिक वृद्धि देखाउँछ । अन्य देश जस्तै भारत पनि विश्वव्यापी वित्तीय अवस्था, युक्रेनको युद्ध र भूराजनीतिक तनावजस्ता विश्वव्यापी हेडविन्डबाट प्रभावित भएको छ ।

भारतको केन्द्रीय बैंकले यसै महिना खाद्य पदार्थको उच्च मू वृद्धिले घरायसी बजेटमा असर पारेको र स्थिति अझ खराब हुने अनुमान गरिएको थियो । मुद्रास्फीति जुन महिनामा ४.८१ प्रतिशतसम्म पुगेको थियो, जुन गत वर्षको ७.७९ प्रतिशतको उच्च विन्दुबाट अझै पनि तल झरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यसै महिना संसदमा भनेकी थिइन्, ‘उच्च मूल्यले नागरिकलाई मर्का पारेको छ, सरकारले नियन्त्रणका लागि कदम चालेको छ । खाद्यान्नको मूल्यवृद्धि, खराब मौसम र प्रमुख उत्पादन क्षेत्रमा कीराको आक्रमणले टमाटरजस्ता मुख्य बालीमा क्षति पुर्‍याउनु सरकारको चिन्ताको विषय हो ।’

सीतारमणले मूल्यको चाप कम गर्न सरकारले खाद्यान्न आयात बढाएको र आयात प्रतिबन्धलाई खुकुलो बनाएको बताएकी छन् । विश्व बैंकका भारत हेर्ने निर्देशक अगस्टे तानो कोउमेले अप्रिलमा विश्व बैंकले बाह्य झट्काप्रति बलियो लचिलोपन देखाइरहेको बताएका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफका अनुसन्धान विभाग प्रमुख डेनियल लेहले गत महिना भनेका थिए, ‘भारत आर्थिक वृद्धिदर भएको र निकै शक्तिशाली अर्थतन्त्र भएको मुलुक हो र यसको प्रगति जारी छ ।’


क्लिकमान्डु