एक दशकमा माछापुच्छ्रे बैंकले कति दियो लाभांश ?



काठमाडौं । यो वर्ष लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक पहिलो भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि दोहोरो अंकको लाभांश घोषणा गरेको छ ।

बैंकले विगत ९ वर्षमा देखिएको लाभांशको इतिहास हेर्दा हरेक वर्ष दोहोरो अंकमा दिने गरेको छ । बैंकले ९ वर्षमा अधिकतम २१.८४ देखि न्यूनतम १० प्रतिशतसम्म लाभांश दिएको छ ।

बैंकले सबैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ मा २१.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २०.७५ प्रतिशत रहेको थियो भने नगद १.०९ प्रतिशत रहेको थियो ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा १६.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १६ र नगद ०.८४ प्रतिशत रहेको थियो । त्यस्तै, आव २०७३/७४ मा १५ प्रतिशत लाभांश दिँदा बोनस ९ र नगद ६ प्रतिशत, २०७५/७६ मा १६ प्रतिशत लाभांश दिँदा ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै, बैंकले आव २०७०/७१ मा १२.६३ प्रतिशत लाभांश लिँदा बोनस १२ र नगद ०.६३ प्रतिशत दिएको थियो । बैंकले २ वटा आर्थिक वर्षमा भने १४/१४ प्रतिशत लाभांश दिएको छ ।

आव २०७७/७८ मा १४ प्रतिशत लाभांश दिँदा १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद र आव २०७९/८० को नाफाबाट बैंकले सेयरधनीलाई १४ प्रतिशत नै लाभांश दिने भएको छ । जसमा बोनस १३.३० र नगद ०.७० प्रतिशत रहेको छ । बैंकले सेयरधनीलाई दिएको लाभांश भने कर प्रयोजनसहितको हो ।


क्लिकमान्डु