श्रीनगर एग्रीटेकले आईपीओ जारी गर्दै, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक



काठमाडौं । श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । श्रीनगरले सेयर निष्काशनका लागि नबिल इन्भेष्टमेण्ट बैंकलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

श्रीनगरले चुक्ता पुँजीको १३ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । अंकित मूल्य १०० रुपैयाँको १३ लाख साधारण शेयर सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा नबिल इन्भेष्टमेन्टसँग सम्झौता भएको हो ।

सम्झौता पत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीस चन्द श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयमा बिधिवत दर्ता भई संचालनमा रहेको छ । यस कम्पनीको रजिष्टार कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नम्बर १ थिरवम सडक, टंगाल काठमाण्डौंमा रहेको छ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड कृषि व्यवसाय संलग्न छ।

उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको शेयर सार्वजनिक निष्काशन सम्बन्धि कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएका छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले कृषि अन्तर्गतको व्यवसाय इं.सं.२००२ मा श्रीनगर एग्रो फार्मको स्थापना बाट सुरु गरेको थियो ।


क्लिकमान्डु