एमसीसी अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तनहुँमा जग्गा अधिग्रहण गरिँदै



काठमाडौं । अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले ४ सय केभी प्रसारण लाइन निर्माणका लागि तनहुँका विभिन्न स्थानीय तहमा जग्गा अधिग्रहणको काम सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय, तनहुँले एक सूचना जारी गर्दै विद्युत प्रसारण लाइन आयोजाअन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्ड तथा रातमाटे सबस्टेसनदेखि नयाँ दमौली खण्डअन्तर्गतका विभिन्न क्षेत्रमा पर्ने जग्गाहरु अधिग्रहण गर्न लागिएको जानकारी दिएको हो ।

सूचनाकाअनुसार तनहुँ जिल्लाको आँवुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋशिङ गाउँपालिका र घिरिङ्ग गाउँपालिकामा पर्ने जग्गाहरु अधिग्रहण गर्न लागिएको हो ।

सूचना प्रकाशित भएको २१ सरोकारवाला व्यक्तिहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ। साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

अधिग्रहण हुने जग्गाहरुमा रातमाटेदेखि नयाँ दमौली प्रसारण लाइन खण्डका लागि आँवुखैरेनीको वडा नम्बर ४, वडा नम्बर ५, वडा नम्बर ६, बन्दिपुर गाउँपालिकाको वडा नम्बर ३, वडा नम्बर २, व्यास नगरपालिकाको वडा नम्बर १४, वडा नम्बर १३ रहेका छन् भने नयाँ दमौलीदेखि नयाँ बुटवल खण्डअन्तर्गत व्यास नगरपालिकाको वडा नम्बर १३, रिसिङ गाउँपालिकाको वडा नम्बर १, वडा नम्बर ६, वडा नम्बर ७, वडा नम्बर ८ र घिरिङ गाउँपालिकाको वडा नम्बर ५ का जग्गाहरु रहेका छन् ।


क्लिकमान्डु