प्राधिकरणले दिएको निर्देशन पालना नगरेको भन्दै क्याप्टेन रामेश्वर थापालाई जरिवाना



काठमाडौं । क्याप्टेन रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले नेपाल उड्डयन प्राधिकरण ऐन ५३ को दफा २५ को उपदफा २ बमोजिम उनलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार उनले सोधिएको समयमा स्पष्टीकरण नबुझाएको, दिएको निर्देशन कार्यान्वयन नगरेको, प्राधिकरणले जारी गरेको सुरक्षासम्बन्धी निर्देशनमा बाधा गरेकोलगायतका कारण देखाउँदै उनलाई १० हजार जरिवाना गराउने निर्णय गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘सिलिंग अपरेसनबाट नै अवरोध गरेको र प्राधिकरणले जारी गरेको सर्कुलरको अवज्ञा गरेकाले १० हजार जरिवाना तिराउने निर्णय गरिएको छ । गएको वर्षदेखि नै विभिन्न सञ्चारमाध्यममा प्राधिकरणले जारी गरेको सुरक्षा सम्बन्धी निर्देशनमा बाधा गरेको र यो हुँदैन भन्ने गरेकोले पनि जरिवाना गर्ने निर्णय गरिएको हो ।’

निरौलाकाअनुसार जरिवानाको रकम सरकारी नियमअनुसार रामेश्वर थापाले तिर्नुपर्ने छ । उनी भन्छन्, ‘नतिर्ने भन्ने हुँदेन । भुक्तानी नगरेमा सरकारी नियमअनुसार कारबाही हुन्छ ।


क्लिकमान्डु