कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भुमिका निभाउनेछुः आरजु राणा देउवा
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् ।
सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरे । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् । उनले संविधानअनुरुप र जनताको आसाअनुरुप सरकारलाई सुझाव दिने बताइन् । उनले कृषि वृहत् क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्ने बताइन् ।
देउवाले भनिन् ‘समिति बनेको धेरै त भएको छैन । धेरै ब्रिफिङ लिएर पहिले डिसीजन भइसकेको जस्तो लाग्छ । मन्त्रीले पनि समय दिइरहनुभएको छ। मन्त्रालयका सचिवहरुले पनि ब्रिफिङ गरिरहनुभएको छ। धेरै वृहत कार्य भएको क्षेत्र हो । यो कार्यक्षेत्रमा जति पनि माननियज्युहरु हुनुहुन्छ आफ्नो यरीयामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ । त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ । जतिपनि माननिय ज्यूहरुको प्रश्तुती, उहाँहरुको इन्फरमेसन इन्डेप्थ छ । अन्तर्राष्ट्रिय रुपमा पनि उहाँहरुलाई धेरै कुरा थाह भएको छ । सभापति भनेको कोर्डिनेटरको भुमिका हो । यहाँ साथीहरुले दिनुभएको सुझाव, यहाँहरुले देखाउनुभएको मार्गमानै अगाडी कामकाज बढाउने योजना छ । त्यस हुनाले मलाई एकदमै खुसी लागेको छ। राम्रो सहकर्मी साथीहरुसँग मिलेर केही काम गर्न पाउँछु होला भन्न चाहन्छु । संबिधान अनुरुप र जनताको आशा अनुरुप सरकारलाई दिने पोलीसी,डिरेक्सनहरु र सरकारको काम गर्ने तौरतरीकामा गर्न सक्ने इम्प्रुभ्मेन्टमा सफलताका साथ अगाडी बढोस् भनेर भन्छु ।’