खराब कर्जा बढ्ने, यस्तो छ राष्ट्र बैंकको सर्कुलर
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै कुनै पनि कर्जा निष्कृय वर्गमा बर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरि लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने गरि संशोधन गरेको छ ।
त्यस्तै कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्ने व्यवस्था संशोधनमा गरिएको छ ।
ऋणीले एक भन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्ने नयाँ व्यवस्था गरिएको छ ।