प्रिमियम मूल्यमा भगवती हाइड्रोपावरको आईपीओ निष्कासन



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ जारी निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ भने ४२ हजार कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

१७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीलाई दिएको छ । बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा भदौ ८ सम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ ।


रवि धिताल