सन् लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सन् लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

आईपीओमा आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर २३९ रुपैयाँ दरका दरले ९६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ ।

४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । आवेदन सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।


रवि धिताल