डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी



एजेन्सी । बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो ६ महिनामा ९१८.०५ अर्ब युआन (करिब १२७.५ अर्ब अमेरिकी डलर) पुगेको छ । यो बेइजिङ सहरको कुल गार्हस्थ्य उत्पादनको ४४.५ प्रतिशत हो ।

बेइजिङ नगर अर्थशास्त्र तथा सूचना तथा प्रविधिका उपप्रमुख वाङ लेईले डिजिटल अर्थव्यवस्था बेइजिङमा सबैभन्दा गतिशील नयाँ विकास चालक र उच्च गुणस्तरको विकासका लागि नयाँ इन्जिन बनेको बताए ।

बेइजिङले डिजिटल अर्थव्यवस्थाको विकासलाई बढावा दिन नीति र नियमहरूको एक शृंखला लागू गरी कार्यान्वयनमा ल्याएको वाङको भनाइ छ ।

सन् २०२२ मा चीनको डिजिटल अर्थतन्त्रको मापन बढेर ५०.२ ट्रिलियन युआन पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा डिजिटल अर्थव्यवस्थाको हिस्सा ४१.५ प्रतिशत पुगेको छ, जसले यसलाई स्थिर वृद्धि र रूपान्तरणको लागि एक महत्वपूर्ण आधार बनाएको चीनको दाबी छ ।

हाल हरेक देशहरूले डिजिटल अर्थव्यवस्थाका प्रमुख क्षेत्रहरूको विकासलाई तीव्रता दिइरहेका छन् । डिजिटल प्रविधि र उद्योगहरू, औद्योगिक ‘डिजिटलाइजेसन’ र तथ्यांकीय क्षेत्रहरूमा सक्रिय रूपमा विकासका अवसरहरुमा हावी भइरहेका छन् ।


रवि धिताल