परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १  खर्ब ३० अर्बको नयाँ योजना घोषणा



एजेन्सी । भारत सरकारले साना परम्परागत व्यवसाय गर्नेहरुलाई लक्षित गरी १ खर्ब ३० अर्ब भारतीय रुपैयाँको नयाँ योजना घोषणा गरेको छ ।

भारत सरकारले परम्परागत व्यवसायमा लागेका कालीगढ शिल्पकारहरुका लागि बुधबार १ खर्ब ३० अर्बको योजना घोषणा गरेको हो ।

योजनाको प्रमुख उद्देश्य दक्षिण एसियाली देशको सहरी र ग्रामीण क्षेत्रमा रहेका यससँग सम्बन्धित श्रमिकलाई सम्मान पारिश्रमिक दिनु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस योजनामा सिकर्मी, सुनको काम गर्ने, फलामको काम गर्ने, कपाल काट्ने, माला बनाउने, कपडा सिलाउने, माछा मार्ने र जाल बनाउने लगायत १८ परम्परागत व्यापार गर्नेहरुलाई समावेश गर्ने लक्ष्य राखिएको छ ।

यो योजनाले सीप विकासमा ध्यान दिने तथा बजारीकरणलाई प्राथमिकता दिने पनि बताइएको छ । यस योजनाले परम्परागत सीपको प्रवर्धन गर्न मद्दत पुग्ने अपेक्षा भारत सरकारको छ ।


रवि धिताल