जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत, ३ सय जना भोलि आउने



काठमाडौं । बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन् । जसममध्ये पहिलो दिन २ सय पर्यटक नेपाल आएका हुन् ।

बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ । नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ ।

बङ्गलादेशको एक निजी कम्पनीले आफ्ना कर्मचारीलाई नेपाल घुम्नका लागि तलबी बिदामा पठाउन लागेको हो ।

कम्पनीका केही व्यक्ति नेपाल आएर यहाँ सरोकारवाला निकायसँग छलफल गर्नुका साथै पर्यकटीयस्थलको बारेमा जानकारी लिएर गएपछि ७ सय जना कर्मचारी आज र भोलिमा आउन लागेका हुन् ।

उक्त टोली तीनचार दिन नेपालमा रहनेछ ।


क्लिकमान्डु