अब नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणमा ऊर्जा विकासमा दूरगामी महत्त्व राख्ने सम्झौता हुने बताएका छन् ।

विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्वसमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणले नेपालको ऊर्जा क्षेत्रलाई ठूलो सन्देश दिने बताएका हुन् ।

कुलमानको इमानदारी, मेहनत, संकल्पबाट १८ घन्टाको लोडसेडिङ हटेको उनको भनाइ छ । ऊर्जाको विकासका लागि आन्तरिक खपत बढाउने र आन्तरिक बजारमा पुग्ने दिएर निर्यात गर्ने नीति लिइने प्रधानमन्त्रीले बताए ।

योग्य र सक्षम प्राधिकरणबाट १२ सय मेगावाटको बूढीगण्डकी आयोजना र १० हजार बढी मेगावाटको कर्णाली-चिसापानी आयोजना अघि बढाउने सरकारको तयारी रहेको उनले जानकारी दिए ।

सरकारले नयाँ विद्युत ऐन, नीति, निर्देशिका ल्याउने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन नीतिमा लाग्नुपर्ने उनले बताए । ‘अब नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ,’ उनले भने ।


रवि धिताल