स्पेनमा खडेरीः खाद्य उत्पादन ६० प्रतिशतले घट्ने चेतावनी



एजेन्सी । स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा संकट आउने भन्दै आवश्यक प्रवन्ध मिलाउन विशेषज्ञहरुले चेतावनी दिएका छन् । खडेरीका कारण ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउनसक्ने विशेषज्ञहरुको चेतावनी छ ।

यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै उत्पादन हुने विशेषज्ञहरुको अनुमान छ । सन् १९६० को दशकपछि स्पेनमा पहिलो पटक यति लामो समयसम्म खडेरी परेको हो ।

क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । खडेरीका कारण युरोपियन देशहरुमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालक संघका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए ।

आगामी वर्षमा पनि यही समस्या दोहोरिन सक्ने भन्दै विज्ञहरुले बेलैमा खाद्यान्नको जाहो र जल सञ्चित गर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु