बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ: प्रधानमन्त्री



रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २०औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन, स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए । अब माओवादी जनतासँग जोडिन ‘घर-घरमा माओवादी, जन-जनमा माओवादी’ अभियान चलाउने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले देशमा धेरै बेथिति छन् । तिनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनैपर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कीर्तिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।’


रवि धिताल