ग्लोबल आईएमई बैंकले कति बनायो ब्याजदर ?



काठमाडौं । ग्लोबल आईएमई बैंकले सामान्य बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउनमा भन्दा भदौमा ब्याजदर सामान्य बढाएको हो ।

बैंकले ३ महिनासम्मको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.८९६ तथा रमिटर्स टर्म डिपोजिटमा ११.८९६ प्रतिशत ब्याज दिने भएको छ ।

६ महिनाभन्दा माथिको संस्थागत निक्षेपमा पनि बैंकले ८.८९६ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकले ग्लोबल रेमिट सेभिङ्स अकाउन्टमा ९.९६६ प्रतिशत ब्याज तोकेको छ । त्यस्तै बैंकले सोचेजस्तै बैंक खाता र  सबै नेपालीको बचत खातामा समान ७.९६६ प्रतिशत ब्याज दिने भएको छ ।

ग्लोबल ज्येष्ठ नागरिक बचत खातामा ६.९६६ प्रतिशत ब्याज तोकेको बैंकले बाँकी सबैखाले बचत खातामा समान ५.९६६ प्रतिशत ब्याज दिने जनाएको छ ।


रवि धिताल