कामना सेवा विकास बैंकले प्रयोगमा ल्यायो केएसबिबिएल ‘अक्सन हब’ अनलाइन



काठमाडौं । कामना सेवा विकास बैंकले लिलामसम्बन्धी केएसबिबिएल ‘अक्सन हब’ अनलाइन प्रयोगमा ल्याएको छ ।

केएसबिबिएल ‘अक्सन हब’ मा बैंकले लिलामसम्बन्धी सूचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्दै आएकोमा अब यस्ता सूचना, लिलाममा चढेका तथा गैर बैकिङ सम्पत्तिहरूको थप विवरण बैंकको वेवसाइटबाट समेत हेर्न सकिने छ ।

सहज पहुँचसहितको इन्टरफेस भएको वेबसाइटले लिलामसम्बन्धी सूचना, लिलाममा चढेका तथा बैंकको नाममा रहेका गैर बैकिङ सम्पत्तिहरूको विवरण नियमितरूपमा प्रकाशित गर्दै जाने बैंकले जनाएको छ । यसले यस्ता सम्पत्ति खरिद गरी लिन चाहने व्यक्ति संस्थालाई मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।


रवि धिताल