अपि पावर कम्पनीको हकप्रद सेयर निष्कासन, कसले पाउँछन् आवेदन दिन ?



काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन भएको छ ।

कम्पनीले आजदेखि १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद सेयरमा असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

हकप्रद सेयरमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


रवि धिताल