५ अर्ब ८४ करोडको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
६ वर्षका लागि निष्कासन हुन लागेको विकास ऋणपत्र २०८६‘ट’ को बिहीबार अपरान्ह ३ बजे बोलकबोल हुने छ । निष्कासन भदौ १ गते हुने छ भने साँवा भुक्तानी अवधि २०८६ भदौ १ गते रहेको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रपमा हुनेछ ।
ब्याजमा ब्याजकर लाग्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिने पाइने छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउनेछन् ।
ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने छ ।