घट्यो नेपाल टेलिकमको नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड७ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

टेलिकमको सेवा व्यापारबाट हुने आय अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवमा घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म ३७ अर्ब ९१ करोड ९७ लाख ८७ हजार रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी २९ करोड ९२ लाख १९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५४ करोड ७४ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

१८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा रहेको छ ।


रवि धिताल