मन्त्रिपरिषदबाट भू-उपयोग नियमावली संशोधन, खुल्यो जग्गा कित्ताकाट



काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली संशोधन पारित जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

नियमावली संशोधनपछि स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्न सकिने भएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको निष्कर्ष निकाल्दै सरकारले कित्ताकाट खुलाएको हो ।

वैशाखमा पनि मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, संशोधनमा अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले कार्यान्वयन गरेका थिएनन् ।


रवि धिताल